
नवलपरासी, असोज १० । आइतबार साँझ त्रिशूली नदीमा जिप दुर्घटनामा परी बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अवस्था अझै पत्ता लागेको छैन ।
नवलपरासीको गैंडाकोटदेखि गन्डकबाँध हुँदै सुस्ताको ठाडीघाँटसम्म सुरक्षाकर्मी परिचालन गरी बेपत्ताहरुको खोजी गरिएको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली सोमबार गन्डक ब्यारेजमा पुगेको थियो ।
गैंडाकोट, अमलटारी, गन्डक ब्यारेज र सुस्ताको ठाँडीघाटसम्म खोजीकार्य तीव्र बनाइएको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्