इलाम, असोज १० । पूर्वी नेपालको ग्रामीण पर्यटनमा टेवा पुर्याउने उद्देश्यले विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा इलामको कन्यामबाट साइकल यात्रा सुरु गरिएको छ ।
९ जना सम्मिलित साइकल यात्रीहरुको टोली कन्यामबाट फिक्कल, नयाँबजार हुँदै सोमबार जमुना पुगेको छ ।
टोली मंगलबार माइपोखरी हुँदै इलामबजार पुग्नेछ ।
टोलीलाई सोमबार मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक केशव द्यौरालीले स्वागत् तथा बिदाइ गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्