Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


थपियो बिजुली, मन्त्रीको ‘आदेश’पछि माथिल्लो मर्स्याङदी ‘ए’बाट व्यवसायिक उत्पादन सुरु


0
Shares

काठमाडौं, असोज १० । ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट सोमबारदेखि विद्युत् उत्पादन सुरु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले विद्युत् उत्पादन सुरु गर्नका लागि आदेश दिएपछि विद्युत्गृहमा उत्पादन सुरु भएको हो ।

यस आयोजना सम्पन्न हुनुले अन्तर्राष्ट्रिय लगानीकर्तालाई उर्जाक्षेत्रमा आकर्षित गर्ने मन्त्री शर्माले बताए ।

साथै यसले नेपालमा लगानीको सुरक्षाका साथै विद्युत्को उपादेयता र बजार पनि छ भन्ने पुष्टि भएको पनि उनले उल्लेख गरे ।

विद्युत् उत्पादनका क्षेत्रमा रहेका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे ।

आगामी दिनमा सहजरुपमा डलरमा पीपीए गर्ने व्यवस्था मिलाउने, छिटो–छरितोरुपमा लाइसेन्स र पीपीए गर्ने गरी ऐन–नियम सुधार गर्ने, जग्गाको हदबन्दी हटाउनेलगायका विषयमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

चीनको पावर चाइना रिसोर्सेस् र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा बनेको आयोजनाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ बनाएको मन्त्री शर्माले उल्लेख गरे ।

कार्यक्रममा सगरमाथा पावर कम्पनीका अध्यक्ष राजुबाबु श्रेष्ठले १६ अर्ब लागतमा आयोजना सम्पन्न भएको जानकारी गराए ।

यस आयोजनाले नेपाली जनतालाई लोडसेडिङबाट केही राहत दिने उनले उल्लेख गरे ।