Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


बजार अनुगमन: बिग मार्ट, सेलवेज, भाटभटेनीमा म्याद नाघेका कोल्ड ड्रिंक्स नस्ट


0
Shares

काठमाडौं, असोज १० । सरकारले जति अनुगमन र कारबाहीको नारा लगाएपनि बजारमा अनियमिता रोकिएको छैन । अझ ठूला मार्टहरुमा नै लापरबाही भैरहेको छ ।

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार काठमाडौंका बिग मार्ट, सेलवेज र भाटभटेनी सुपरमार्केटमा गरेको अनुगमनमा पनि लापरबाही एवं अनियमितता पाइयो ।

टोलीले लाजिम्पाटस्थित बिग मार्टमा म्याद नाघेका कोल्ड ड्रिंक्स जफत गरी नस्ट गर्‍यो । उक्त मार्टको फ्रिजमा नै म्याद नाघेका कोल्ड ड्रिंक्स फेलापरेको हो । साथै त्यहाँ राखिएका खान अयोग्य तरकारी पनि टोलीले नस्ट गरेको छ ।

महाराजगन्जस्थित सेलवेजमा पनि टोलीले म्याद नाघेका कोल्ड ड्रिंक्स नस्ट गर्‍यो । साथै सेलवेजमा पनि बारम्बारको कारबाहीले पनि कुनै प्रभाव नपरेको पाइयो ।

यहाँ योपटक पनि सामानको अधिक मूल्य तोकिएको र म्याद नाघेका सामग्री राखेको पाइयो । टोलीले सन्चालकलाई जायज मूल्य तोक्न र म्याद नाघेका सामाग्री नराख्न सचेत गराएको छ ।

त्यस्तै, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटमा पनि टोलीले अनुगमन गर्दा केही म्याद नाघेका कोल्ड ड्रिंक्स फेलापारी नस्ट गरेको छ ।

साथै त्यहाँ केही सामग्रीको बढी मूल्यका टाँसेको पाइएकोले एकपटकका लागि सचेत गराइएको अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले बताए ।

चाडपर्वका अवसरमा बजार अनुगमनमा सक्रिय रहने उनले बताए ।