काठमाडौं, असोज ११ । ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ आज ‘विश्व पर्यटन दिवस’ मनाइँदैछ ।
अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको मार बेहोरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ ।
गत वर्षको तुलनामा टे«किङ, हिमाल आरोहण तथा अन्य गतिविधिमा बढेको पर्यटकको संलग्नताले पर्यटन क्षेत्र विस्तारै उकालो लाग्दै गएको संकेत गरेको छ ।
सन् २०१६ को पहिलो ६ महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन संख्या १६ प्रतिशतले बढ्नु यसको बलियो प्रमाण हो ।
यस वर्षको पहिलो सिजनमा मात्रै चारसय जनाले हिमाल आरोहण गरिसकेका छन् ।
पछिल्लो समय क्यानोनिङ, र्याफ्टिङ, पाराग्लाइडिङ जस्ता साहसिक पर्यटनमा बढ्दै गएको आकर्षणले यस क्षेत्रमा थप सम्भावना बढाउँदै लगेको छ ।
पहाडी क्षेत्रमा रहेका सुन्दर भौगोलिक क्षेत्रसम्म सहज पहुँच पुर्याउन सके पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिने पर्यटन व्यवसायी बताउँछन् ।
पूर्वाधार अभावका कारण काठमाडौं, पोखरा र सौराहामा मात्र नेपालको पर्यटन क्षेत्र सीमित भएकाले यसलाई विस्तार गर्नेतर्फ सरकारले अग्रसरता देखाउनुपर्ने व्यवसायीहरुको सुझाव छ ।





प्रतिक्रिया दिनुहोस्