
अपडेट
नवराज छत्कुली (इमेज)
धादिङ, असोज ११ । धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रुबहाक बस मंगलबार मार्पाकमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
ठूलो संख्यामा यात्रु घाइते भएका छन् । घायतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आज (मंगलबार) बिहान धादिङबेसीबाट ३१ जना यात्रु लिएर त्यसतर्फ गएको बस बिहान साढे ११ बजे मार्पाक गाउँ विकास समितिको वडा नम्बर–५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँखोलातर्फ ३ सय मिटर तल खसेको हो । बसको छतमासमेत यात्रु सवार रहेको बताइएको छ ।
पहिरो गएर थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउनेक्रममा सो दुर्घटना भएको जनाइएको छ । घटनास्थल सदरमुकाम धादिङबेसीबाट ३२ किलोमिटर टाढा छ ।
प्रतिक्रिया दिनुहोस्