Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नेप्से पुनः ऋणात्मक


0
Shares

काठमाडौं, असोज ११ । मंगलबार शेयरबजार पुनः ओरालो लाग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले ऋणात्मक रही १७ सय ५३ कायम भएर थामियो ।

पछिल्ला दिन लगातार ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको बजारमा सोमबार उल्लेख्य सुधार आएको थियो ।

यसदिन पुन सामान्य अंकले बजार झरेको हो । यसदिन कारोबार पनि न्यून पौने १ अर्ब बराबरमात्र रह्यो ।

यसदिन कारोबार भएका सबै समूह ऋणात्मक रहे । उत्पादनमूलक समूह सबैभन्दा उच्च २७ अंक र बीमा समूह २३ अंकले झरे भने अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको ९ लाख ६६ हजार कित्ता शेयर ७५ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।