पाँचथर, असोज १२ । लगातारको वर्षाले पूर्वी पहाडी जिल्लाका ग्रामिण सडक अबरुद्ध हुँदा करोडौं मूल्य वरावरका गोलिया अलपत्र परेका छन् ।
पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा कटानी गरेर तयारी गरिएका गोलिया ढुवानी गर्न नसकिँदा अलपत्र परेको ब्यवसायीहरुले बताएका छन् ।
पाँचथरमा मात्रै करिव एक करोड मुल्य वरावरका २० हजार क्युफिट गोलीया अलपत्र परेको जिल्ला वन कार्यालय पाँचथरले जनाएको छ ।
वन पैदावार व्यवसायी संघ पाँचथरका उपाध्यक्ष मदन गौतमले कुकाठको रुपमा परिचित उत्तिसका गोलीया एक महिनाभित्रमा झिक्न नसकिए सडेर जाने बताए ।
व्यक्तिगत वनमा लगाइएको उत्तीसलगायतका काठको गोलीयाले पूर्वी पहाडि जिल्लाका सर्वसाधारणको आयआर्जनमा ठूलो सहयोग गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्