Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कालोबजारी गर्ने पाँचजना पक्राउ


0
Shares

चितवन, असोज १३ । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँचजना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।

अधिकतम् मूल्य रु १८ को पानीलाई रु २५ लिइ बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्यूएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भन्डार, राधिका कोल्डस्टोर्स, कालीगन्डकी कोल्डस्टोर्स र आर बीसी फुड एन्ड जुस हाउस सन्चालकलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय उपभोक्ता अधिकार संरक्षण मन्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले बताए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकार संरक्षण मन्चले बजारका खाद्य पसल अनुगमन गरेको छ ।

टोलीले साल्ट टेडिङ कर्पोरेसन लिमिटेडको गोदामसहित आनन्दमार्गका एकदर्जन थोक बिक्री गर्ने खाद्य पसल अनुगमन गरेको देउजाले जानकारी दिए । रासस