Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


महेन्द्रनगरका खाद्य पसलहरुमा अनुगमन, दुई पसलमा सिलबन्दी


0
Shares

कन्चनपुर, असोज १३ । कन्चनपुरको सदरमुकाम महेन्द्रनगरका खाद्य पसलहरुमा जिल्ला प्रशासन कार्यालय कन्चनपुरले विहीबार अनुगमन गरेको छ ।

अनुगमनकाक्रममा खाद्यान्न पसलहरुमा लेबल नलागेको अखाद्य सामग्री बिक्री–वितरण गरेको पाइएको छ ।

अनुगमनकैक्रममा दुईओटा पसलमा प्रशासनले सिलबन्दी गरेको छ ।

महेन्द्रनगरस्थित राज खाद्य भण्डार र महादेव गोविन्द खाद्य स्टोरमा प्रशासनले ताला लगाएको हो ।