काठमाडौं, असोज १३ । साताको अन्तिम दिन विहीबार शेयरबजार सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले धनात्मक रहेर थामियो । वाणिज्य बैंक, उत्पादनमूलक र होटल समूह सकारात्मक रहेसंगे बाँकी अरु समूह ओरालो लाग्दा पनि नेप्से सकारात्मक रहन गयो ।
उत्पादनमूलक समूहमा १८ अंकको र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो । बीमा र विकास बैंक समूह दोहोरो अंकले झरे भने वित्त, जलविद्युत् र अन्य समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको ९ लाख २७ हजार बराबर कित्ता शेयर ८१ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्