Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


ग्रामिण सडकले सामाजिक रुपान्तरण र आर्थिक विकासमा सहयोग


0
Shares

सिन्धुली, असोज १४ । सिन्धुलीका ग्रामिण क्षेत्रमा सडक विस्तारसँगै सामाजिक रुपान्तरण र आर्थिक विकासमा सहयोग पुगेको छ ।

दुर्गम तथा पिछडिएका क्षेत्रमा ग्रामिण सडक निर्माण भएसँगै कृषिजन्य उत्पादनहरु बजारसम्म ढुवानी गर्न सुविधा भएको हो । सिन्धुलीमा स्थानीय स्रोत, साधन र स्थानीय निर्माण सामग्री प्रयोग गरी ग्रामिण क्षेत्रमा सडक निर्माण गरिएको स्थानीयले बताएका छन् ।

सदरमुकाम सिन्धुलीमाडीबाट चकमके, मरिण, कमलाखोंच, मझुवा, तीनकन्यालगायत ग्रामिण क्षेत्रका सडकमा यातायात सञ्चालन हुँदा जिल्लामा उत्पादित खाद्यान, तरकारी र दुग्धजन्य उत्पादनले बजार पाएको छ ।