
काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई बंगलादेश भ्रमणको निम्तो आएको छ ।
बंगलादेशको पार्लियामेन्टरी स्ट्याण्डिङ् कमिटीकी सभापति तथा पूर्व परराष्ट्र मन्त्री डा. दिपु मुनीले प्रधानमन्त्री दाहाललाई बंगलादेश भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् ।
शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गर्दै डा. दिपुले प्रधानमन्त्री दाहाललाई २२ अक्टोवरमा हुने बंगलादेश अवामी लिग पार्टीको राष्ट्रिय सम्मेलनमा आतिथ्यताको निम्तो दिएकी हुन् ।
भेटमा उनले नेपाल र बंगलादेश बीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ मजबूत बनाउनुपर्ने धारणा राखेकी छन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल र बंगलादेश बीचको सम्बन्ध पुरानो र ऐतिहासिक रहेको भन्दै साझा मुद्धा र चुनौतिको मिलेर सामना गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले नेपाल राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्न लागेको जानकारी दिँदै विकास र साझेदारीका लागि नेपाल र बंगलादेशले मिलेर काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्