काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको प्राथमिकता भएको बताएका छन् ।
विजया दशमी, तिहार तथा छठको अवसरमा सञ्चारकर्मीका लागि आफैंले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनमा सहयोग पुग्नेगरी कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
उनले लोकतन्त्रलाई सुदृढ बनाउन संविधान कार्यान्वयनको विकल्प नभएको बताए ।
वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि राजनीतिक सहमति कायम गर्न सरकारलाई सुझावसमेत दिए । उनले निर्धारित समयभित्रै तीनवटै तहको निर्वाचन गराउने संकल्प पूरा गर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्