Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संविधान कार्यान्वयन गरेर मुलुकलाई निकास दिनुपर्छ : सिंह


0
Shares

काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन गरेर मुलुकलाई निकास दिनुपर्ने बताएका छन् ।

विजया दशमी र दीपावलीको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सिंहले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नभएको बताए ।

संविधान कार्यान्वयन हुन नसक्दा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै उनले राजनीतिक स्वार्थलाई थाँती राखेर संविधान कार्यान्वयनका लागि सबै दललाई गम्भीर हुन आग्रह गरे ।

सिंहले स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास निर्माणका काम अगाडि बढ्न नसकेको बताए । उनले वर्तमान गठबन्धनले स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन गराई छाड्ने दाबी पनि गरे ।

मुलकलाई निकास दिन एमाले भने गम्भिर नभएको उनको आरोप थियो ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले भने सबै राजनीतिक दलको एकता र मेलमिलापको नीतिबाटै मुलुकलाई निकास दिन आग्रह गरेका थिए ।

Skip This