Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


ओलम्पिक महिला फुटबल छनोटमा नेपालले आज भारतसँग खेल्ने


0
Shares

काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार अपराह्न सवा ५ बजे सुरु हुने छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नेपालले दोस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग खेल्न लागेको हो ।

भारतविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो अंकको खोजीमा रहने छ । बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यसैले नेपाल दोस्रो चरणमा पुग्न भारतसँग अंक जोड्न चाहन्छ । नेपाल भारतसँग पाँचौ महिला साफको फाइनलमा व्यहोरेको हारको बदला लिने तयारीका साथ मैदानमा उत्रँदै छ ।

दुई साताअघि घरेलु मैदानमै सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । भारत भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा भारतले इन्डोनेसियालाई हराएको थियो । भारतपछि नेपालले प्रतियोगिताको अन्तिम खेलमा २६ गते इन्डोनेसियासँग खेल्ने छ ।