Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संसदमा कन्चनपुरको हात्ती आतंक


0
Shares

                                                 फाइल फोटो

काठमाडौं, असोज १४ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले कन्चनपुर जिल्लामा हात्ती आतंक फैलिएकाले नियन्त्रण गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम पुर्‍याउन सरकार र सदनको ध्यानाकर्षण गराए ।

दार्जुला जिल्लामा वि.सं. २०७० र यस वर्ष गएको बाढी–पहिरोपीडित जनतालाई राहत दिन, संविधान कार्यान्वयन गर्न र रेमिट्यान्सबारेमा नयाँ कानुन बनाउन पनि उनीहरुले सरकारसँग माग गरे ।

सांसदहरुले हालै धादिङ, काभ्रे जिल्लामा भएका सडक दुर्घटनामा परेर अकालमा ज्यान गुमाएका परिवारजनलाई राहत तथा क्षतिपूर्ति दिन, उपत्यकाभित्र सडक यातायातलाई व्यवस्थित गर्न, बाहिरी चक्रपथ निर्माण सुरु गर्न तथा मध्यपहाडी लोकमार्ग समयभित्र सम्पन्न गर्न पनि माग गरे ।

सांसदहरुले विधिको शासन स्थापना गर्न, दसैं तथा तिहारजस्ता चाडबाड मनाउन घर जानेलाई सरकारले यातायताको व्यवस्थापन गर्न माग गरे ।

यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा कृपाराम राना, कृष्णप्रसाद पौडेल, गणेशकुमार पहाडी, गणेशसिंह ठकुन्ना, गीता क्षेत्री, गुरुप्रसाद बुर्लाकाटी, चन्द्र महर्जन, चम्पादेवी खड्का, तप्तबहादुर विष्ट तथा तारादेवी राई थिए । रासस

Skip This