Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


एमालेलाई बाहिर राखेर कसैले चाहँदैनमा संविधान संशोधन हुन सक्दैन : खनाल


0
Shares

विराटनगर, असोज १४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनबारे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग कुनै सल्लाह नगरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै खनालले सरकारमा सहभागी नेपाली कांग्रेस र माओवादी केन्द्रले कुनै दलसँग सहमति नगरी एकलौटीरुपमा संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजेको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दललाई बाहिर राखेर कसैले चाहँदैनमा संविधान संशोधन हुन नसक्ने उनको जिकिर थियो ।

खनालले २०७४ साल माघभित्रै तीन तहको निर्वाचन नभए संविधान संकटमा फस्ने भन्दै त्यसका लागि सत्तारुढ दलहरु लचक बन्नुपर्ने बताए ।