१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


गोविन्द केसीका माग पूरा गर्न माग गर्दै काठमाडौंमा र्‍याली


0
Shares

काठमाडौं, असोज १५ । आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गर्दै आज काठमाडौंमा र्‍याली निकालिएको छ ।

माइतीघर मण्डलाबाट निकालिएको र्‍याली नयाँबानेश्वरमा पुगेर टुंगिएको थियो । र्‍यालीमा स्वतःस्फूर्तरुपमा सयौं सर्वसाधारण सहभागी थिए ।

र्‍यालीमा सहभागी भएकाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई कारवाही गरि अख्तियारको मर्यादा कायम राख्न माग गरेका थिए ।

उनीहरुले प्रा.डा. केसीले उठाउँदै आएका सम्पूर्ण माग तत्काल पूरा गर्न माग गरेका थिए ।