विराटनगर, असोज १५ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दसै–तिहारअगावै सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेस नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिइ फेरि आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
शनिबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले सरकारप्रतिको आफूहरुको विश्वास गुम्दै गएको बताए ।
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेरि जालझेल गर्न थालेको आरोप पनि लगाए ।









प्रतिक्रिया दिनुहोस्