Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


सरकारले दशैंका लागि पर्याप्त वस सेवाको व्यवस्था गरेको छ : मन्त्री लेखक


0
Shares

बिराटनगर, असोज १७ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले दशैंका लागि उपत्यका छाड्ने यात्रुका लागि सरकारले पर्याप्त वस सेवाको व्यवस्था मिलाएको बताएका छन् ।

विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले केही दिनअघि दशैंका लागि राजधानी छाड्ने यात्रुहरुले वसको टिकट नपाएको गुनासो आएपछि सरकारले यातायात व्यवसायीसँग छलफल गरी दशैंमा थप बस चलाउने व्यवस्था गरेको जानकारी दिए ।

गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन नमानेपछि बहुसंख्यक यात्रु टिकट अभावमा राजधानीबाट बाहिर जान वञ्चित बनेका थिए ।

सरकारले यातायात क्षेत्रमा देखिएको विकृती रोक्न सरकारले कडाई गर्ने उनको भनाइ छ ।