Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही’


0
Shares

काठमाडौं, असोज १७ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयरबजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन् ।

नेप्सेकाअनुसार असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भएपनि हालसम्म १२४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् ।

कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले भने–‘तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्छ ।’

नेप्सेमा समावेश भएका कम्पनीको सेयर/डिवेन्चर सूचीकृत भइ वित्तीय मध्यस्तकर्तामार्फत् कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।

नियमअनुसार रु एक करोडसम्म चुक्तापुँजी भएका कम्पनीले रु १५ हजार नवीकरण शुल्क बुझाउनुपर्छ ।

त्यसैगरी, रु एक करोडदेखि पाँच करोडसम्म चुक्तापुँजी भएका कम्पनीले रु २५ हजार, रु पाँच करोडदेखि १० करोडसम्म चुक्तापुँजी भएका कम्पनीले रु ३५ हजार र रु १० करोडदेखिमाथि चुक्तापुँजी भएका कम्पनीले रु ५० हजार वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ । रासस