Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सुनको मूल्य ओरालो लाग्नेक्रम सोमबार पनि जारी


0
Shares

काठमाडौं, असोज १७ । सुनको मूल्य ओरालो लाग्नेक्रम सोमबार पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँले नै कमी भएर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय २० डलर हाराहारीमा कारोबार भएको थियो ।