काठमाडौं, असोज १७ । व्यवस्थापिका–संसदबाट हालै औद्योगिक व्यवसाय ऐन पारित भएकोमा नेपाल चेम्बर अफ कमर्सले खुसी व्यक्त गर्दै आर्थिक विषयसँग सम्बन्धित अरु ऐनहरु पनि छिटो पारित हुने विश्वास व्यक्त गरेको छ ।
चेम्बरले सोमबार विज्ञप्ति जारी गरी ऐन पारित भएकोमा खुसी व्यक्त गरेको हो ।
औद्योगिक व्यवसाय ऐनले दिएका सुविधाहरु अरु कुनै ऐनले काट्न नसक्ने व्यवस्था हुनु, आयकर ऐन २०५८ ले काटेका सुविधाहरुको पुर्नस्थापना हुनुलाई चेम्बरले सकारात्मक पक्षकारुपमा लिएको छ ।
हडतालको परिभाषा गरी कानुनी र गैरकानुनी हडतालको व्यवस्था गर्नु, गैरकानुनी हडताल गरी काम–धन्दा नगर्दाको पारिश्रमिक दिनु नपर्ने जस्ता निजी क्षेत्रले माग गर्दै आएका विषय ऐनमा समेटिनु पनि सकारात्मक रहेको चेम्बरले जनाएको छ ।
यसबाट स्वदेशी तथा विदेशी लगानी बढ्न गइ मुलुकको अर्थतन्त्रले गति प्राप्त गर्ने तथा रोजगारीसमेत अभिबृद्धि हुने चेम्वरको विश्वास रहेको छ ।





प्रतिक्रिया दिनुहोस्