Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पाँचथरमा गाडीको नयाँ भाडादर निर्धारण


0
Shares

जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, असोज १८ । चाडपर्वकाबेला यात्रुहरुबाट यातायात व्यवसायीले मनोमानीरुपमा भाडा लिनसक्ने भन्दै पाँचथरका सडकमा सन्चालित सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको पहलमा जिल्ला विकास समिति कार्यालय पाँचथरका इन्जिनियर प्रेमबहादुर काफ्लेको संयोजकत्वमा गठित भाडा निर्धारण समितिले गरेको सिफारिसका आधारमा नयाँ भाडादर कायम गरी लागू गरिएको हो ।

समितिको सुझावका आधारमा यातायात व्यवस्था समितिले चार प्रकारको भाडादर निर्धारण गरेको छ ।

अब सार्वजनिक सवारी–साधनले प्रतिकिलोमिटर ६ रुपैयाँ, वर्षायामबाहेकका ९ महिनामात्र सवारी सन्चालन हुने कच्चीसडकहरुमा प्रतिकिलोमिटर १२ रुपैयाँ, सदरमुकामबाट कालोपत्रे सडकमा जिप सन्चालन गर्दा प्रतिकिलोमिटर ३ रुपैयाँ तथा कालेपत्रे सडकमा भ्यान सन्चालन गर्दा प्रतिकिलोमिटर ५ रुपैयाँ भाडा लिन पाउने व्यवस्था गरिएको छ ।