Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पूर्णागिरिमा लाग्ने मेलाले कन्चनपुरमा चहलपहल बढ्यो (भिडियो रिपोर्ट)


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, असोज १८ । नवरात्रको अवसरमा पूर्णागिरिमा लाग्ने मेलाका कारण कन्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रमा चहलपहल बढेको छ ।

मेला भर्ने तीर्थयात्रीको चहलपहल बढेसँगै यस क्षेत्रमा व्यापार–व्यवसायमासमेत बृद्धि भएको छ ।

भारतको उत्तराखन्डमा रहेको शेरावालीको नामले प्रचलित प्राचिन पूर्णागिरि मन्दिरमा नवरात्रि अवधिभर लाग्ने धार्मिकमेलाका कारण कन्चनपुरको महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकी तथा सीमावर्ती नेपाली बजारमा दर्शनार्थीको घुइँचोसँगै व्यापारमा बृद्धि भएको छ ।

पूर्णागिरि मन्दिरको दर्शनपछि सिद्धबाबा मन्दिरकोसमेत अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता र विश्वासका कारण दर्शनार्थीहरु महेन्द्रनगर र ब्रह्मदेवमा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने हुँदा यस क्षेत्रमा निकै चहलपहल बढेको सिद्धबाबा मन्दिर संरक्षण समितिका सचिव पुष्करराज उप्रेती बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।