काठमाडौं, असोज १८ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १७ सय ९८ पुग्यो ।
कारोबार भएका मध्ये अन्य र वित्त बाहेक अरु सबै समूहमा सुधार आयो । बीमा समूहमा सबैभन्दा उच्च २ सय १३ अंकको उच्च बृद्धि आयो । होटल समूह पनि ५३ अंकले बढ्यो ।
जलविद्युत समूहमा २२ अंकको सुधार आयो । वाणिज्य बैंक समूह पनि १७ अंकले उक्लियो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको १० लाख बराबर कित्ता शेयर १ अर्ब १३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्