काठमाडौं, असोज १८ । समग्र राष्ट्रिय किशोरी सञ्जालले राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थितिमा नमूना बालिका संसद अभ्यास गर्ने भएको छ ।
कार्यक्रममा बालिकाहरुले राष्ट्रपति, सभामुख, सांसद र सरकारका प्रतिनिधिको भूमिका निर्वाह गर्नेछन् ।
बालिकाहरुमध्येबाट बालिकाराष्ट्रपतिले बालिकासंसदमा धुलिखेलमा भएको दुई दिने सम्मेलनबाट बालिका तथा किशोरीहरुको सन्दर्भमा सरकारले सम्बोधन गर्नुपर्ने विभिन्न मुद्दाहरु नमूना नीति तथा कार्यक्रमका रुपमा प्रस्तुत गर्नेछ ।
प्लान–नेपाल र सिविन–नेपालले सहजीकरण गरेको सञ्जालको चौथो सम्मेलनमा २० जिल्लाका ४० किशोरीको प्रतिनिधित्व रहेको थियो ।
अन्तर्राष्ट्रिय बालिका दिवसको समेत अवसर पारी यो कार्यक्रमको आयोजना गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्