
कन्चनपुर, असोज १९ । स्वास्थ्यमन्त्री गगन थापाले महाकाली अञ्चल अस्पताल कुनै कोणबाट पनि अञ्चल अस्पतालको स्वरुपको नरहेको बताएका छन् ।
बुधबार महाकाली अञ्चल अस्पतालको निरीक्षण गर्दै मन्त्री थापाले अस्पतालको भौतिक संरचना र यसले दिने सेवाका आधारमा अञ्चल अस्पताल भन्न नमिल्ने बताएका हुन् ।
सो अवसरमा उनले दरबन्दी पूरा गर्ने प्रक्रिया लोकसेवा आयोगमार्फत् अघि बढिसकेको र ढिलो हुने स्थितिमा करारमा नियुक्ति गरेर भएपनि दरबन्दी खाली नराखिने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस्