काठमाडौं, असोज १९ । बुधबार सुनको मूल्यमा उच्चदरले कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले ओरालो लागेर ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले कमी भएर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७२ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्