Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मधेसी मोर्चाले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्छ : अध्यक्ष गच्छदार


0
Shares

विराटनगर, असोज २० । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै अध्यक्ष गच्छदारले पूरा गर्न सकिने मागबारे सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने बताए ।

उनले मोर्चाले उठाएका माग छठ पर्वअघि नै टुंगोमा पुर्‍याउन सुझाव दिए । मोर्चासँग सहमति कायम गरेर नयाँ निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष गच्छदारले आगामी २०७४ साल माघ ७ गतेभित्र तीन चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले संविधान संशोधन र कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।

 

Skip This