Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्रेमको ‘नाटक’ गरेर १० वर्षसम्म ‘यौनशोषण’ गर्दै आएका प्रेमीले धोका दिएपछि…


0
Shares

उदयपुर, असोज २० । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका प्रेमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छन् ।

‘विवाह गर्छु’ भन्दै ‘१० वर्षसम्म यौनशोषण’ गरेर अहिले धोका दिने बेल्टार बसाहा गाविस–२ बेल्टारबजार बस्ने वर्ष ३४ को देवनकुमार राई रहेको विहीबार गाईघाटमा आयोजित पत्रकार भेटघाटमा ती पीडित महिलाले बताएकी हुन् ।

१० वर्षअघि हँडियाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा अध्ययनका लागि एक घरमा डेरा लिएर बसेको र सोही क्याम्पस अध्ययन गर्ने देवनले पनि एउटै घरमा डेरा लिएका थिए ।

एक राति देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी गरेपछि आफूले त्यसको प्रतिकारस्वरुप प्रहरीमा निवेदन दिन खोज्दा उनले आफूलाई विवाह गर्ने प्रतिबद्धता जनाएपछि आजसम्म आफूहरुबीच श्रीमान् र श्रीमतीको अनौपचारिक सम्बन्ध रहँदै आएको उनले बताइन् ।

तर, अहिले आएर देवनले आफूसँग विवाह गर्न नसक्ने भनेर इन्कार गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयसहित अधिकारकर्मी तथा पत्रकार र सन्चारकर्मीको साहारा लिन बाध्य हुनुपरेको पीडितकोे भनाइ छ ।

अहिले अर्कै युवतीसँग लागेर आफूलाई अस्वीकार गर्न लागेको र त्यसो नगर्न अनुरोध गर्दा पीडकले कुट्ने, पिट्ने र धम्कीदिने गरेको पनि उनको भनाइ छ ।

यस विषयमा उदयपुरका मानवअधिकारकर्मी भरत खड्का र महिला अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष महेश्वरी राईले यो घटनामा देवन दोषी रहेकाले उनलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् । रासस