१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


शिक्षा मन्त्रालयको १९ बुँदे कार्ययोजना सार्वजनिक, शैक्षिक प्रमाणपत्र राखेर ऋण


0
Shares

काठमाडौं, असोज २० । शिक्षामन्त्री धनीराम पौडेलले संविधानअनुसार शिक्षा क्षेत्रमा पुनर्संरचना गर्न र समाजवादउन्मुख राष्ट्रिय शिक्षा नीति तय गर्न एक महिनाभित्र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने बताएका छन् ।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले शिक्षा मन्त्रालयको १९ बुँदे कार्ययोजना सार्वजनिक गर्दै शिक्षा ऐन कार्यान्वयनका लागि कात्तिक १५ गतेभित्र शिक्षा नियमावली संशोधन गर्ने बताए ।

साक्षरता क्षेत्र घोषणा बढाउने, छात्रवृत्ति वितरणमा एकद्वार प्रणाली लागू गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षाका लागि ऋण उपलब्ध गराउनेलगायतका विषय कार्ययोजनामा रहेका छन् ।