
काठमाडौं, असोज २० । पचलीभैरवको घ्याम्पोजात्रा सुरु भएको छ ।
काठमाडौंको टेकुस्थित ७ ओटा मसानघाटको बीचमा रहेको पचलीभैरवको पीठमा होम तथा पूजा गरी जात्रा सुरु भएको हो ।
भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशथान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।
सो अवसरमा जीवितदेवी कुमारीलाईसमेत हनुमानढोका परिसरमा जात्रा अवलोकनको लागि लगिन्छ ।
मध्यरातमा तन्त्रसिद्धि प्राप्त मानिएको अजिमासहित पचलीभैरवमा बलिसमेत दिएर सोही बाटो हुँदै लगन नाय्पाचो टोलमा रहेको ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ ।
वर्षभरि सर्वसाधरणको दर्शनका लागि भैरवको घ्याम्पो त्यहीँ राख्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्