१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


नेपालमा १० लाख बालबालिका विद्यालय शिक्षाबाट बन्चित : प्रतिवेदन


0
Shares

काठमाडौं, असोज २० । युनिसेफले नेपालमा करिब १० लाख बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेको दाबी गरेको छ ।

शिक्षा मन्त्रालय र युनिसेफ नेपालले तयार पारेको प्रतिवेदनमा सो दाबी गरिएको हो ।

विहीबार राजधानीमा गरिएको एक कार्यक्रममा सन् २०११ देखि २०१४ को बीचमा गरिएको सर्वेक्षणले भौगोलिक अवस्था, आयस्तर, लैगिंक तथा जातीय वर्गीकरणको आधारमा बालबालिकाहरु विद्यालय भर्ना नहुने र छाड्ने गरेको देखिएको बताइयो ।

विद्यालय नजानेमा ३५ दशमलव २ प्रतिशत बालबालिका मध्यतराई जिल्लाका रहेको र बाँकी २२ प्रतिशत मध्यपूर्वी तराईका बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ ।

बालबालिका विद्यालय नजानुमा प्राकृतिक विपद्, बन्द, हडताल, कमजोर सुशासन र आर्थिकस्थिति पनि कारण भएको जनाइएको छ ।