१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


परराष्ट्रमन्त्री महत शुक्रबार थाइल्यान्ड जाने


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, असोज २० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलनमा भाग लिन शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछन् ।

सो सम्मेलन यही असोज २२ देखि २४ गते बैंककमा हुने परराष्ट्र मन्त्रालयले विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘एक एसिया, विविध बल’ विषयमा हुने सो सम्मेलनमा मन्त्री डा. महतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल भइ बैंकक घोषणापत्रलगायत जारी गरिनेछ ।

मन्त्री डा. महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागी, थाइल्यायन्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराईलगायत सम्मेलनमा सहभागी हुनेछन् ।

एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो ।

नेपाल एसीडीको ३४औं सदस्य राष्ट्र हो । मन्त्री डा. महत यही असोज २५ गते स्वदेश फर्कनेछन् । रासस