१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


चण्डीभञ्ज्याङबाट त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु


0
Shares

चितवन, असोज २१ । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६, चारकिलो भन्ने स्थानमा ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खस्दा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको छ भने चालकका सहयोगी कविला–९ बस्ने २६ वर्षीय चार्ल्स गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते गुरुङको चितवन मेडिकल कलेज उपचार भइरहेकोे छ । (रासस)