१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


राजधानीको कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

काठमाडौं, असोज २१ । काठमाडौंको कलंकी चोकमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार एकजना घाईते भएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार मृत्यु हुनेमा नैकाप, तीनथाना बस्ने ४३ वर्षीय रत्नबहादुर राई रहेका छन् । गम्भीर घाईते भएका राईको उपचारको क्रममा सिटी सेन्टर अस्पताल कलंकीमा बिहान पौने ६ बजे मृत्यु भएको हो ।

घाईतेको भने सोही अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

ना ५ ख २० ६१ नम्बरको बसले राईले चलाएको बा३२प २४३६ नम्बरको मोटरसाईकललाई बिहान साढे ५ बजे ठक्कर दिएको हो ।

दुर्घटनालगत्तै बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौं कै रत्नपार्क शान्तिवाटिका सडकमा बा२ख ३४०९ नम्बरको माईक्रोबसको ठक्करबाट शुक्रबार बिहान पुतलीसडक बस्ने ७५ वर्षीय श्याम बहादुर कारन्जित घाईते भएका छन् । घाईते कारन्जितको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।