
काठमाडौं, असोज २१ । दोलखामा शुक्रबार भूकम्पको झट्का महशूस गरिएको छ ।
दोलखालाई केन्द्रविन्दु बनाएर बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार भूकम्पको केन्द्रबिन्दु दोलखा रहेको छ । दोलखाको मैनापोखरीनजिकै केन्द्रबिन्दू रहेको उक्त भूकम्प ४ दशमलव २ म्याग्नेच्यूड मापन गरिएको केन्द्रले जनाएको छ ।
शुक्रबार महसुस गरिएको भूकम्पको धक्का गत वर्ष वैशाखकै महाभूकम्पको परकम्प रहेको पनि केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्