२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘रातिमा काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम’


0
Shares

लन्डन, असोज २१ । बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रिसेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ ।

ब्रिटिस हेल्थ एन्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्तरुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो ।

मेडिकल रिसर्च काउन्सिलले नेसनल क्यान्सर इन्स्टिच्यूटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ ।

अमेरिका, चीन, स्वीडेन र नेदरल्यान्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो ।

यस विषयमा यही नै सबैभन्दा ठूलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

‘हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ’–अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाइका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने ।

‘रात्रिसेवामा काम गर्ने र दिवासेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रिसेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिँदै नदेखिएको पाइयो’–एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने । रासस/सिन्ह्वा