काठमाडौं, असोज २१ । चाडपर्व आएसँगै उपत्यकाका बजारमा रौनक देखिएको छ ।
विभिन्न स्थानमा दसैंका लागि सामान किन्न सर्वसाधारणको आवत–जावत निकै बढेको देखिन्छ ।
ग्राहकको अत्याधिक भीडभाड हुने न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा सन्तोषजनकरुपमा व्यापार भएको व्यवसायीहरु बताउँछन् ।
काठमाडौंका विभिन्न स्थानमा लाग्ने सडकपेटी व्यवसायमा पनि दसैंको समयमा भीडभाड देखिन्छ ।
काठमाडौंको रत्नपार्क, सुन्धारा, जमल, कमलादी, बानेश्वर, कोटेश्वर, चाबहिल, गोंगबु, गौशाला, कालिमाटी, कलंकी, स्वयम्भूलगायतका स्थानमा सडकपेटी व्यवसाय सन्चालन हुँदै आएको छ ।
काठमाडौंमा करिब ३५ हजार सडकपेटी व्यवसाय रहेको तथ्यांक देखिन्छ । अरु समयको तुलनामा दसैंको समयमा ग्राहकको भीड बढेको व्यवसायीहरुले बताएका छन् ।
चहलपहल बढेपनि व्यापार भने थोरै भएको व्यवसायीको भनाइ छ ।
सरकारले सस्तो एवं गुणस्तरीय सामान उपलब्ध गराउने प्रतिबद्धता गरेपनि सोअनुसार नभएको गुनासो उपभोक्ताको छ ।





प्रतिक्रिया दिनुहोस्