सिन्धुली, असोज २३ । जिल्ला विकास समितिले आन्तरिक ठेक्का नलगाए पनि सिन्धुलीको कमला र मरिण नदी किनार क्षेत्रका सार्वजनिक स्थलबाट ढुंगा अवैधरुपमा चोरी–निकासी हुँदै आएको छ ।
वर्षायाममा कमला र मरिण नदी किनाराबाट संकलन गरिएका अमूल्य ढुंगाहरु भीमान, महोत्तरीको बर्दिबास हुँदै भारतको सीतामढी जिल्लाका विभिन्न स्थानमा चोरी–निकासी गरिँदै आएको छ ।
जिल्ला विकास समिति सिन्धुलीले कमला र मरिण नदीका नदीजन्य ढुंगा, गिट्टी, बालुवा निकासीका लागि टेन्डर लगाउन नसकेको अवस्थामा पनि चोरी–निकासी गर्नेहरुले भने सरकारी निकायको आँखा छली ढुंगा निकासी गराउँदै आएका छन् ।
कमला र मरिण नदी किनार आसपासका ढुंगा चोरी–निकासी हुन थालेपछि जिल्ला विकास समितिको राजश्वमासमेत घाटा हुन थालेको छ ।
वर्षायाममा अत्यधिक वर्षा भइ कमजोर चुरेपहाडबाट भूक्षय र पहिरोबाट कमला र मरिण नदीमा झरेका ढुंगा असार महिनादेखि नै अवैधरुपमा संकलन र चोरी–निकासी गरिँदै आएको छ ।





प्रतिक्रिया दिनुहोस्