
काठमाडौं, असोज २४ । बडादसैंको नवमीका दिन सोमबार काठमाडौंका मुख्यबजार र सडक प्राय: सुनसान देखिएको छ ।
दसैं मनाउन काठमाडौंबाट मानिस आआफ्ना घर गएको र यहाँका बजार, कार्यालय पनि प्रायः बन्द रहेकाले सडक सुनसान देखिएको हो ।
सडकमा छोटो दूरीका भाडाका सवारी–साधन फाट्टफुट्ट चलेका देखिन्छन् भने निजी सवारी–साधन अत्यन्त कम छन् । केही मोटरसाइकल भने चलेका देखिन्छन् ।
यहाँस्थित भद्रकाली, मैतिदेवी, कालिकास्थानलगायतका विभिन्न शक्तिपीठमा भने दर्शनार्थीको घुइँचो देखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्