
काठमाडौं, असोज २४ । गृह मन्त्रालयले देशभर शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीकाअनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् ।
केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।
आइबार राति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्री सहजरुपमा आवत–जावत गरिरहेको मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्