१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


दसैंटीकाको दिनदेखि मौसममा सुधार : मौसमविद्


0
Shares

काठमाडौं, असोज २४ । योपटक बडादसैंमा पनि पानी पर्न नछाडेपछि हिले दसैं हुने चिन्ता छाइरहेकाबेलामा मौसमविद्हरुले भने टीकाको दिनमा मौसम सुधार हुने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा मौसमविद् बरुण पौडेलले यसपालि मनसुन ढिला सुरु भएकाले दसैंसम्मै पानी परेको भएतापनि टीकाको दिनदेखि मौसममा सुधार आउने बताए ।

उनले पहाडी भू–भागमा बिहान–बेलुकी छिटपुट वर्षा भएपनि अब बाढी पहिरोको सम्भावना नरहेको बताए ।