१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सशस्त्र प्रहरी प्रधान कार्यालयमा निशान भगवती र मौलोको पूजा


0
Shares

काठमाडौं, असोज २४ । महानवमीको अवसरमा सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा निशान भगवती तथा मौलोको पूजा सम्पन्न गरिएको छ ।

मौलोस्थलमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले बिहान ७ बजेर ५ मिनेटको शुभसाइतमा निशान भगवती तथा मौलोको वैदिक विधिपूर्वक पूजा–आराधना गरेका हुन् ।

हनुमानढोका दरबारमा रहेको निशान झन्डालाई सोमबारै बाजागाजाका साथ सशस्त्रको टोलीले प्रधान कार्यालय पुर्‍याएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुलगायत अरु वरिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हिन्दूधर्मअनुसार देवीलाई शक्ति–स्वरुपा मानिन्छ र यिनै शक्ति–स्वरुपा भवगतीको प्रतीककारुपमा लिइने मौलो र निशान झन्डाका साथमा हातहतियारसमेतलाई फौजी संगठनहरुमा पशुबलिका साथ पूजा–आराधना गर्ने परम्परा रहिआएको छ ।