Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पर्सा वन्यजन्तु आरक्षले क्षेत्र विस्तार गरेपछि बाराका रतनपुर, चकरी र डम्मरपुरबासी त्रसित


0
Shares

बारा, असोज २४ । पर्सा वन्यजन्तु आरक्षको विस्तारसँगै बाराको तीन गाउँका बासिन्दा त्रसित बन्न थालेका छन् ।

आरक्षसँगै जोडिएका रतनपुर, चकरी र डम्मरपुरका बासिन्दा आरक्ष विस्तारले जंगली जनावरको गतिविधि बढ्ने आशंकामा त्रसित बनेका हुन् ।

गत वर्ष असार ४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार बाराको राष्ट्रिय वनको १ सय २३ दशमलव ६० वर्ग किलोमिटर क्षेत्रफल पर्सा वन्यजन्तु आरक्षमा विस्तार गरिएको थियो ।

जसमा कुनैपनि व्यक्तिको नम्बरी जग्गा, गाउँबस्ती, सामुदायिक वन र साझेदारी वन समेटिएको छैन ।

बाराको राष्ट्रिय वनको केहि भाग जोडिएपछि पर्सा वन्यजन्तु आरक्ष ६ सय ३७ वर्गकिलोमिटर फैलावटमा हुनेछ । यसअघि, आरक्षको क्षेत्र ४ सय ९९ वर्गकिलोमिटर थियो ।

झन्डै ४ हजार घरधुरीका १५ हजार जनसंख्या रहेको उक्त बस्तीमा स्थानीयले आरक्ष विस्तार रोक्न माग गरेका हुन् । उनीहरुले आफूहरुलाई घेराबन्दीमा पारिएको भन्दै विरोधमा उत्रिएका छन् ।

यता, पर्सा वन्यजन्तु आरक्षले भने विस्तारित क्षेत्रमा नेपाली सेनाको सुरक्षापोस्ट खडा गरिसकेको छ ।