१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान


0
Shares

काठमाडौं, असोज २८ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहने छ ।

उक्त सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गरिरहनुपरेका समस्या तथा चुनौतीहरु एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीति लगायत प्रहरी र नागरिक समुदाय बीचको सम्बन्ध, प्रविधिको प्रयोगसँगै देखिएका आपराधिक क्रियाकलाप लगायतका विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा नेपालबाट प्रहरी महानिरीक्षक अर्यालसहित सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको पनि सहभागिता हुँदैछ ।

नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउद पनि महानिरीक्षक अर्यालसँगै सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

महानिरीक्षक अर्यालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।