Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


परम्परागत पेशालाई आनुनिकीकरण गर्दैै राडीपाखीबाट राम्रो आम्दानी


0
Shares

ताप्लेजुङ, असोज २८ । विषेशगरी गुरुङ समुदायमा प्रचलित राडीपाखी बुन्ने परम्परागत पेसालाई आधुनिकरण गर्दै ताप्लेजुङ फुङलिङका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् ।

परम्परागत रुपमा गर्दै आएको राडीपाखी बुन्ने कामलाई घरेलु तथा साना उद्योग विकास समितिले आधुनिकरणतर्फ डोर्‍याउन सहयोग गरेपछि पछिल्लो समय महिलाहरु यो पेशामा आकर्षित बनेका हुन् ।

सदरमुकाम नजिकैको उकालीपानी क्षेत्रमा सिर्जनशील महिला राडीपाखी बुनाई सेन्टरको नाममा उद्योग खोलेर सामुहिक रुपमा १४ परिवारले घरमै बसी राम्रो आम्दानी गर्न थालेका हुन् ।

राडीपाखी बुन्न शुरु गरेपछि घरबाटै बिक्री वितरण हुने गरेको समेत उनीहरु बताउँछन् ।

ताप्लेजुङमा उत्पादन गरिएको राडी प्रतिगोटा ३ हजार ५ सयदेखि ४ हजारसम्ममा बिक्री हुने गरेको छ । यो पेशाबाट एक परिवारले मासिक २० हजार रुपैयाँसम्म कमाई गर्ने गरेका छन् ।