Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


तरकारी व्यवसाय गरिरहेकाहरु ओखरको व्यवसायमा आकर्षित


0
Shares

डडेल्धुरा, असोज २८ । डडेल्धुरामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारी अहिले ओखरको व्यापारमा लागेका छन् ।

खुद्रा पसल तथा राजमार्गको छेउछाउमा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने क्रममा ओखरको व्यापार व्यवसाय गर्दै आएको ओखर व्यापारी बताउँछन् ।

तिहारमा प्रयोग हुने ओखर यस याममा लाखौं रुपैयाँ बराबरको खरिदबिक्री हुन्छ । डडेलधुरा स्याउलेका अधिकांश व्यापारीले आजभोलि ओखरबाट दैनिक एक हजारसम्म कमाइ गर्ने गरेका छन् ।

ओखर बिक्री गर्न जिल्लाका विभिन्न गाउँ तथा बैतडीका खोड्पे, पाटन, तल्लिसोराड, गाजरीलगायत क्षेत्रबाट सर्वसाधारण यहाँ आउने गरेका छन् ।